भूतपूर्व सैनिक कल्याण विभागद्वारा बेङडुबी, दार्जीलिङमा समाधान अभियान आयोजित

IMG-20240515-WA0017

भूतपूर्व सैनिकहरूको कल्याणका उपायहरू सुदृढ बनाउने सरकारको प्रतिबद्धता सचिव डा. नीतेनद्वारा दोहोऱ्याइयो

नयाँ दिल्ली: भूतपूर्व सैनिक कल्याण विभागद्वारा आफ्नो लोकसम्पर्क कार्यक्रमको अंशका रूपमा पश्चिम बंगालको दार्जीलिङ जिल्ला अन्तर्गत बेङडुबी सैनिक छावनीमा आफ्नो लोकसम्पर्क कार्यक्रम समाधान अभियान आयोजन गरियो। भूतपूर्व सैनिकहरूसँग यस अवसरमा संवाद गर्दै भूतपूर्व सैनिक कल्याण सचिव डा. नीतेन चन्द्रले कल्याण उपायहरू थप सुदृढ बनाउने सरकारको प्रतिवद्धता दोहोऱ्याए।

 विभागको विभिन्न कल्याण योजनाको लाभ प्राप्त गर्ने सम्बन्धमा भूतपूर्व सैनिकहरूले सामना गर्नुपर्ने चुनौतीहरूबारे जानकारी अनि प्रतिक्रिया लिँदै डा. नीतेन चन्द्रले भूतपूर्व सैनिकहरूको समस्याको समाधान खोज्न राज्य अनि जिल्ला सैनिक बोर्ड, ईसीएचएस तथा विभाग अन्तर्गत अन्य अभिकरणलाई सञ्चार अनि सहकार्यका साधन जुटाउन निर्देश दिए। भूतपूर्व सैनिक समुदायप्रति सरकारको अविचल सहयोग रहेको उनले बताए।

समाधान अभियान विभागको भूतपूर्व सैनिक तथा उनीहरूका परिवारले गरेको बलिदानको सम्मान गर्ने पहल हो जस अन्तर्गत उनीहरूको विभागका विभिन्न कल्याण योजनासित सम्बन्धित गुनासोहरूलाई अतिसक्रिय रूपमा सम्बोधित गरिन्छ। अति सक्रिय वचनबद्धता अनि अर्थपूर्ण संवादको माध्यमद्वारा, अभि.यानले भूतपूर्व सैनिकहरूका लागि उन्नति गर्दै समाजमा सकारात्मक रूपमा योगदान दिने अनुकूल परिवेश सिर्जना गर्ने प्रयास गर्दछ।

अभियानको क्रममा, डीजी पुनर्वास मेजर जेनरल एसबीके सिंहले भूतपूर्व सैनिकहरूको पुनर्वासका लागि उपलब्ध विभिन्न कार्यक्रमबारे अवगत गराए। यसको लाभ उठाउन भूतपूर्व सैनिकहरूलाई उद्यमिता अङ्गीकार गर्न पनि उनले आह्वान जनाए। समाधान अभियानमा भाग लिन दार्जीलिङ लगायत पश्चिम बङ्गालका विभिन्न जिल्ला अनि बिहारका भूतपूर्व सैनिकहरू धेरै संख्यामा उपस्थित भएका थिए जसमा स्पर्श पेन्सन, स्वास्थ्य स्याहार लगायत अन्य विषयहरूसित सम्बन्धित गुनासोहरू सम्बोधित गरियो। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement