डरबन: एक जूनदेखि शुरु हुने आईसीसी टी२० वर्ल्ड कपको टीममा कगिसो रबाडाको रूपमा एकजना मात्र अश्वेत अफ्रिकी खेलाड़ीलाई राखिएको विषयलाई लिएर क्रिकेट दक्षिण अफ्रिका (सीएसए)-को सर्वत्र आलोचना भइरहेको छ। दक्षिण अफ्रिकाको १५ सदस्यीय सम्भावित टीममा रबाडा सहित ६ जना अश्वेत खेलाड़ी सामेल थिए। सीएसए-को खेलको परिदृश्यमा बद्लाउ ल्याउने लक्ष्यअन्तर्गत एउटा सीजनको अवधि दक्षिण अफ्रिकाको अन्तिम एकादशमा ६ जना अश्वेत खेलाड़ी हुनु जरूरी छ तर टी२० वर्ल्ड कपको निम्ति चयन गरिएको टीममा रबाडाको रूपमा केवल एकजना अफ्रिकी अश्वेत खेलाड़ी रहेका छन्। यसैकारण सीएसए-को आलोचना शुरु भएको छ। दक्षिण अफ्रिकाका पूर्व खेल मन्त्री फिकिले एमबालुलाले टीमको चयनमाथि प्रश्न उठाउँदै भनेका छन्, आउँदो टी२० वर्ल्ड कपको टीममा केवल एकजना अफ्रिकी अश्वेत खेलाड़ीलाई टीममा चयन गरिएको छ। यो निश्चित रूपले बद्लाउ ल्याउने लक्ष्यको उल्टा हो अनि यसमा दक्षिण अफ्रिकी मानिसहरूका उचित प्रतिनिधित्व छैन। यसरी सीएसए र आईसीसी-का पूर्व अध्यक्ष रे मालीले यस खेलमा देश पछाड़िरहेको बताए। उनले भने, मेरो विचारमा धेरै कुरा हासिल गरिएको छ तर पनि हामी क्रिकेटको मामिलामा पछाड़िरहेका छौं। हामी अघि बढ्नुको सट्टा पछि सरिरहेका छौं। दक्षिण अफ्रिकी टीममा अधिक संख्यामा अश्वेत खेलाड़ी किन राख्न सक्दैनौं भन्ने बुझ्न सकेको छुइनँ। यो स्वीकार गर्न सकिँदैन। उल्लेखनीय छ, अहिले सीएसए-को चयन समिति छैन। टीमको चयन मुख्य प्रशिक्षक शुक्री कोनराड (टेस्ट) र रब वाल्टर (सेतो बलको प्रारूप)-ले गर्छन्। टी२० वर्ल्ड कपको टीममा पेस बलर लुंगी एनगिडीको रूपमा अन्य एकजना अश्वेत खेलाड़ी छन् तर उनलाई रिजर्भ खेलाड़ी बनाइएको छ।