भागोप्रमोद्वारा अवकाशप्राप्त ७० जना श्रमिकहरूलाई सम्मान  

527db53c-9aaa-4989-9e3f-a8a9a9619ceb

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिपाहीधुरा चियाबारीमा अवकाशप्राप्त ७० जना चिया श्रमिकहरूलाई सम्मान जनाइएको छ। उक्त सम्मान कार्यक्रम भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटी, खरसाङ महकुमा समिति र केन्द्रीय पदाधिकारीहरूको विशेष उपस्थितिमा सम्पन्न भएको छ। उक्त सम्मान कार्यक्रमलाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटीको सचिव मनोज प्रधानले अध्यक्षता गरेका थिए भने भागोप्रमोको तीनधारे महानदी समष्टिको कार्यकारी सभापति सीबी राई र राजीव राईले सञ्चालन गरेका थिए। सभामा सिपाहीधुरा चियाबारीको आफ्नो उमेरसम्म कार्य गरेर अवकाशप्राप्त भएका चियाबारी श्रमिकहरूलाई भागोप्रमोको पक्षबाट सम्मान जनाइएको छ। सम्मानको रुपमा सिपाहीधुरा चियाबारीको ७० जना अवकाशप्राप्त श्रमिकहरूलाई खदार्पणसहित स्मृति चिन्ह्र प्रदान गरेर सम्मान जनाइएको छ। त्यसरी नै सिपाहीधुरा क्षेत्रमा साङ्गीतिक र सामाजिक क्षेत्रमा योगदान दिनेहरू १० जनालाई पनि सम्मान गरिएको छ।

सभामा भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोनले मुख्य वक्ताको रुपमा बोल्दै श्रमिकहरूले आफ्नो जीवनको बहुमूल्य 58 वर्ष चियाबारीमा खर्चेको छ। यति लामो समय श्रमिकहरूले आफ्नो खुन पसिना सिँचेर चियाबारीमा काम गर्छन् तर मालिकवर्गले कहिले पनि सुविधा दिएन। तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज चियाबारी श्रमिकहरूको योगदानलाई मूल्याङ्कन गर्दै सम्मान जनाउने कार्य गरेको बताएका छन्। तिनले अहिलेसम्म कुनै पनि राजनैतिक पार्टीहरू र मालिकवर्गले चियाबारी श्रमिकहरूलाई सम्मान जनाएको छैन। तर यो सम्मानको कार्य भागोप्रमो पार्टीले अनित थापाको अगुवाईमा गरेको छ र यो नयाँ सोच र नयाँ विचारले गर्दा मात्र सम्भव भएको पनि बताएका छन् । सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, तीनधारे महानदी समष्टिको जोनल सभापति गणु छेत्री, भागोप्रमो सिपाहीधुरा बुथ कमिटीको पक्षबाट सजित राईले पनि वक्तव्य राखेका थिए। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको को-अर्डिनेटर नवराज छेत्री, समष्टि सभापति रबीन सुब्बा, सचिव सञ्जीव लामा, उपाध्यक्ष राजु लामा, नारी शक्ति समष्टि सभापति निरा प्रधान, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, सचिव सञ्जीव मगर, प्रवक्ता बिपन विश्वकर्म, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सहसचिव राजेस थापा लगायत अन्यहरू उपस्थित   थिए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement