टी२०आई-मा सर्वाधिक अर्द्धशतकको रेकर्ड बनाए बाबर आजमले

IMG-20240515-WA0235.jpg

डबलिन: पाकिस्तानका कप्तान बाबर आजमले आयरल्याण्ड विरुद्ध तेस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचको अवधि भारतका विराट कोहलीको रेकर्ड तोड़े। पहिलो टी२० म्याचमा हारको सम्मुखीन भएपछि पाकिस्तानले आयरल्याण्ड विरुद्ध रहल दुईवटा म्याचको साथ सीरीज २-१-ले जित्यो। तेस्रो म्याचमा बाबरले ४२ बलमा ७५ रन बनाए, जसमा ५ वटा छक्का र ४ वटा चौका सामेल छ। यसरी बाबर टी२०आई प्रारूपमा सर्वाधिकपल्ट अर्द्धशतक बनाउने खेलाड़ी बनेका छन्। खेलको सबैभन्दा छोटो प्रारूपमा यो बाबरको ३९औं अर्द्धशतक हो। भारतका दिग्गज ब्याटर कोहलीले यस प्रारूपमा ३८ वटा अर्द्धशतक बनाएका छन् जबकि भारतीय टीमका कप्तान रोहित शर्माले पनि ३४ वटा अर्द्धशतक बनाइसकेका छन्। पाकिस्तानको टीम अहिले आउँदो महिना खेलिने टी२० वर्ल्ड कपको तयारी गर्न यूरोप यात्रामा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement