राज्यपाल लक्ष्मण प्रसाद आचार्यले दिए राज्य दिवसको शुभकामना

IMG-20231126-WA0222.jpg

गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले ४९औं राज्य स्थापना दिवसको अवसरमा सिक्किमवासीलाई बधाई अनि शुभकामना व्यक्त गरेका छन्। यस विशेष अवसरमा राज्यपाले आफ्नो शुभकामान संदेश जारी गर्दै भनेका छन्, सिक्किमले प्रजातान्त्रिक प्रणालीमा ४९ वर्ष पूरा गरेको छ। सिक्किम विश्वको सबैभन्दा ठूलो लोकन्त्रमा १६ मई १९७५मा विलय भयो। देशको २२औं राज्यको रुपमा सिक्किमको अहिलेसम्मको यात्रा अत्यन्तै स्मरणीय र सार्थक छ। प्रजातान्त्रिक प्रणालीमा सिक्किम राज्यमा सामाजिक, आर्थिक, सांस्कृतिक, पूर्वाधारको क्षेत्र आदिमा अभूतपूर्व विकास भएको छ। सिक्किम भारतको एक अग्रणी राज्यको रुपमा प्रगति र समृद्धीको दिशामा निरन्तर अघि बड़िरहेको छ।

सिक्किमको प्राकृतिक धरोहर, समृद्ध सांस्कृतिक विराशत, विविध समुदाय र परम्पराबीचको सामान्जस्यता तथा परस्पर सद्भावना देशका अन्य प्रान्तको लागि उदाहरण रहेको राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आफ्नो शुभकामना संदेशमा उल्लेख गरेका छन्।

उल्लेखनीय छ, १६ मई १८७५ को दिन सिक्किम देश २२औं राज्यको रुपमा सङ्घीय भारतमा विलय भएको थियो। त्यसैले प्रत्येक वर्ष १६ मईको दिनलाई सिक्किम राज्यले राज्य दिवसको रुपमा पालन गर्नेगर्छ।

About Author

Advertisement