गान्तोक: मनसुन तयारीलाई लिएर सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको एक सभा राजधानीस्थित एक होटलमा सम्पन्न भयो। राज्यका नोडल अधिकारीहरूलाई लिएर आयोजना गरिएको यस सभामा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण र जिल्ला आपदा प्रवन्धन प्राधिकरण लगायत अन्य अधिकारीहरूलाई लिएर आयोजना गरिएको सभालाई सम्बोधन गर्दै विशेष सचिव प्रभाकर राईले आपदको समयमा व्यवस्थित कार्यप्रवाह सुनिश्चित गर्न नोडल अधिकारीहरू बीच समन्वय हुन अति आवश्यक रहेको बताए। उनले प्राकृतिक प्रकोपका बेला निर्देशन र योजना कार्यान्वयनको लागि अधिकारीहरूबीच समन्वय हुनु पर्ने विषयमा प्रकाश पारे।
यसका साथै उनले विभिन्न विभागहरूले उठाएका प्रश्नगहरूलाई सम्बोधन गर्दै विभागीय रणनीति र पहलहरू जानकार