८ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा सोमवार आफ्नो म्याच जितेर दार्जीलिङ पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। मेला ग्राउण्डमा आज भएको दार्जीलिङ पुलिसले कञ्चनजंघा फूटबल क्लब (केएफसी)-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्री, वाङचुक तामाङ र निवास राणाले गोल गरे। यसरी नै केएफसी-बाट आतिसले १ गोल गरे।