गान्तोक: सोरेङ जिल्लाको निम्ति आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउको मतगणनालाई लिएऱ आज रूरवन कम्पलेक्स भवनमा काउन्टिङ सुपर भाइजर,काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। यस अवसरमा कूल ५९ माइक्रो अबजर्भरहरूले सहभगिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल हिस्से योङदाले प्रशिक्षणको महत्वपूर्ण प्रकृति, विशेष गरी मतदानपछिको दिनमा जोड दिँदै सत्रको उद्घाटन गरिन। उनले वास्तविक मतगणना प्रक्रियामा कुनै त्रुटि हुनबाट बाँच्न प्रशिक्षण कार्यक्रममा सटीकता र गम्भीर संलग्नताको आवश्यकताबारे प्रकाश पारिन्। यसै क्रममा धिराज सुवेदील
मतगणना प्रक्रियाका विभिन्न पक्षहरूमा गहिरो ज्ञान प्रदान गर्दै एक व्यापक पावरपोइन्ट प्रेजेन्टेनसनको माध्यमद्वारा प्रस्तुत गरे। सहभागीहरूलाई मतगणना सम्बन्धी कानुनी प्रावधानहरू, मतगणना अधिकारीहरूको निर्देशन, भूमिका र जिम्मेवारीहरू र अन्य विभिन्न फारमहरू ट्याबुल गर्ने र मतदान डाटा प्रविष्ट गर्ने प्रक्रियाहरूबारे जानकारी गराइयो। उनले विशेष रूपमा डाक मतपत्रहरू ह्यान्डल गर्ने प्रक्रियाहरूसँग व्यवहार गरे जुन मतगणना प्रक्रियाको मुख्य पक्ष रहेको अवगत गराए।