सिलगढी: ट्राफिक पुलिसहरूले कडा घाममा पनि आफ्नो काम गर्छन्। ड्युटीमा तैनाथ रहन्छन्। दुई दिनेखि तापक्रम केही घटेको भए पनि हिजोदेखि फेरि तापक्रम बढ्दै गएको छ। आज बिहानैदेखि सिलगढीमा घाम लागेको र तापक्रम बढेको छ। तर, चर्को घाम र तापक्रमलाई बेवास्ता गर्दै ट्राफिक पुलिसले सिलगढीको पानीट्याङ्की मोड क्षेत्रमा आफ्नो कर्तव्य निर्वाह गरेको देखियो। चर्को गर्मी र घामलाई बेवास्ता गर्दै शहरको सवारीसाधन सामान्य चलाउन ट्राफिक पुलिस घाममा उभिएका छन्। आज यस्तै तस्विर सिलगढीको पानीटंकी मोड क्षेत्रमा देखियो।