अलिपुरद्वार जिल्ला प्रशासनले गरे डेंगुको रोकथाम हेतु बैठक आयोजना

IMG-20240515-WA0156.jpg

अलीपुरद्वार: भारत-भुटान सीमावर्ती शहर जयगाउँ र यसको वरपरका क्षेत्रहरूमा डेंगुको रोकथाम हेतु अलिपुरद्वार जिल्ला प्रशासन अधिकारीहरूले बुधबार जयगाउँ विकास बोर्डको कार्यालयमा दुई ग्राम पञ्चायत, जयगाउँ र दलसिंगपारा ग्राम पञ्चायतका सबै अधिकारी र कार्यकर्ताहरूसँग बैठक गरे। बैठकमा कीटविज्ञहरुको समेत उपस्थिति रहेको थियो। स्वास्थ्य विभागको प्रतिवेदनअनुसार २०१९ मा कालचिनी ब्लकमा २ हजार २२८ जनामा डेंगुको संक्रमण देखिएको थियो जसमध्ये भारत–भुटान सीमावर्ती सहर जयगाउँ र छिमेकी क्षेत्रमा २ हजार २ सय २० जनामा डेंगु राेगी देखिएको थियो। त्यसपछि पछिल्ला केही वर्षमा काल्चिनी ब्लकमा डेंगुको सङ्क्रमण बढेको देखिएन तर यो वर्ष हालसम्म अलिपुरद्वार जिल्लामा सबैभन्दा बढी डेंगुका बिरामी यही कालचिनी ब्लकमा (४४) भेटिएका छन्। नतिजा यो हो कि २०१९ को डेंगुको खतरा फेरि हाम्रो आँखा अगाडि देखिन थालेको छ। जसका कारण स्वास्थ्य विभाग र प्रशासनिक अधिकारीहरुले डेंगु रोकथामका लागि काम गर्न थालेका छन्। आजको बैठकमा पर्याप्त स्रोतसाधन छ कि छैन भनी हेरिएको छ। कर्मचारीले ठीकसँग काम गरिरहेका छन् वा छैनन् साथै डेंगुबाट बच्न के गर्ने भन्ने बारे पनि सचेत गराइँदै छ। यसका साथै कर्मचारीका लागि बिहीबारदेखि एघार दिने तालिम पनि हुने भएको छ। यस सम्बन्धमा प्रशासनिक अधिकारीले भने, ‘अहिलेसम्म सीमावर्ती सहरमा डेंगु पुगेको छैन। अहिले डेंगुका दुई–तीनवटा बिरामी भेटिएका छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement