काेलकाता: कोलकाताको राजकीय एसएसकेएम अस्पतालले फेरि अर्को कीर्तिमान रचेको छ। यहाँ एकजना युवा रोगीमा एउटै दानकर्ताबाट प्राप्त दुईवटा अंग क्रमैले हृदय र फोक्सोको सफल प्रत्यारोपण गरिएको छ। यी अंगहरूका दानकर्ता रोगीलाई कोलकाताको सरकारी एसएसकेएम अस्पतालमा मानसिक रूपमा मृत घोषित गरिएको थियो। सो जानकारी अस्पतालका चिकित्सकहरूले दिएका हुन्।
सूत्रले बतायो, मानसिक रूपमा मृत रोगीको हृदय, फोक्सो, दुईवटा किडनी र एउटा लिभरलाई चारजना भिन्न-भिन्नै रोगीहरूमा प्रत्यारोपित गरियो। पेशाले किसान अरूम कुमार कोले (५२)-को अस्पतालमा उपचार भइरहेको थियो जसलाई गत आइतवार राती मानसिक रूपमा मृत घोषित गरियो।
एकजना डाक्टरले बुधवार बताए, युवा रोगीको दुवै अंगको जटिल प्रत्यारोपण गत सोमवार अबेर साँझ शुरू गरिएको थियो। एसएसकेएम अस्पतालका डाक्टरहरूको एक टीमले अंग प्रत्यारोपण अपरेशन गऱ्यो जुन मंगलवार बिहान समाप्त भयो। त्यसपछि उसलाई निगरानीमा राखिएको छ। बुधवार पनि रोगीको यो प्रत्यारोपण एसएसकेण अस्पतालको स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थानमा भयो।
चिकित्सकहरूले बताए, एसएसकेएम अस्पतालमा उपचाराधिन २८ वर्षीय महिला अनि अलिपुरको कमाण्ड अस्पतालमा भर्ती ३२ वर्षीय महिलामा कोलेको एउटा-एउटा किडनी प्रत्यारोपित गरियो। यसरी नै एकजना ५१ वर्षीय महिलामा कोलेको लिभर प्रत्यारोपित गरिएको छ।