खरसाङ: तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा विदाई समारोह सम्पन्न भएको छ। यस विद्यालयका भूतपूर्व शिक्षक बिक्रम मगरलाई बुधवार एक कार्यक्रमबीच बिदाई दिइएको छ।
उक्त बिदाई कार्यक्रमको सञ्चालन शिक्षक सुप्रेम छेत्रीले गरेका थिए भने अध्यक्षता विद्यालयका शिक्षक प्रभारी रञ्जना प्रधानले गरेकी थिइन्।यस बिदाई कार्यक्रममा मुख्य अतिथिकाे रूपमा बिदाई भएका गएका शिक्षक बिक्रम मंगर उपस्थित रहेका थिए।
कार्यक्रममा स्वागत सम्बोधन सह शिक्षक देबेन्द्र लामाले राखेका थिए। कार्यक्रममा भूतपूर्व शिक्षक बिक्रम मंगरको जीवनी सह शिक्षक देवेन मगरले राखेका थिए। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक र सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए भने बिदाई शिक्षक बिक्रम मंगरले पनि सम्बोधन गरेका थिए। कार्यक्रमकी अध्यक्षा शिक्षक प्रभारी रञ्जना प्रधानले शिक्षक बिक्रम मंगरले स्कूलमा एउटा असल उदाहरण प्रस्तुत गरेर गएको अनि आफ्नो बिदाईको दिन पनि आफ्नो सम्बोधनमा हामीलाई शिक्षा दिएर गएको बताइन्। उनले शिक्षक बिक्रम मंगर असल शिक्षक थिए भनी बताइन्।