इण्टर अफिस महकुमा स्तरीय फूटबलः बीडीओ अफिस च्याम्पियन

IMG-20220808-WA0221.jpg

८ अगस्तः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टमा बीडीओ अफिस च्याम्पियन भयो। स्थानीय मण्टिभियट खेल मैदानमा सम्पन्न यस सेभेन ए साइड टुर्नामेण्टमा आज बीडीओ अफिसले एमईएस एयर फोर्स बाघोरालाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दावा भूटिया र शुभम थापाले १-१ गोल गरे। यसरी नै एयर फोर्स बाघोरा-बाट रोशन तामाङले १ गोल गरे।

आज भएको फाइनलमा मुख्य अतिथिको रूपमा एजाज अहमद (आईएएस, एसडीओ, खरसाङ) उपस्थित थिए। यसबाहेक विशिष्ट अतिथिको रूपमा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, बीडीओ श्री मण्डल, सभासद नौराज छेत्री, श्याम शेर्पा र समाजसेवी टीटी लामाको साथमा अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो। विजेता र उपविजेता टीमलाई आकर्षक ट्रफीहरू प्रदान गरियो। यसको साथमा खेलाड़ीहरूलाई पदक प्रदान गरियो। आजको म्याचमा मुख्य रेफरी राजु छेत्री थिए भने एसिस्टेण्ट रेफरीको भूमिकामा अरविन्द छेत्री र अभिषेक ठटाल थिए। यसरी नै सुरेन राई फोर्थ अफिसियल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement