खरसाङको सातकन्या देवी मन्दिरमा नौ दिवसीय पूजा आरम्भ

IMG-20240515-WA0220.jpg

श्री श्री कृष्णानन् कालिदास परमहंस महाराज बाबाको बाहुलीबाट उदघाटन

खरसाङ: खरसाङको वार्ड नम्बर १९ अन्तर्गत उजेरी बस्तीमा अवस्थित श्री श्री सातकन्या देवी एंव माँ कात्यायनी धाम मन्दिरमा ३८औं नौ दिवसीय चण्डी महायज्ञ एंव लक्ष आहुति यज्ञ अनुष्ठान आजदेखि शुरु भएको छ। उक्त नौ दिवसीय पूजाको पहिलो दिन उदघाटन समारोहमा श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबाको विशेष उपस्थिति रहेको थियो। उनकै बाहुलीबाट नौ दिवसीय पूजाको विधिवत् रुपमा उदघाटन पनि गरिएको छ। उक्त नौ दिवसीय पूजाको पहिलो दिन उपस्थित भएका श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबा कामाख्या माताको साधु साथै राष्ट्रिय र अन्तर्राष्ट्रीय स्तरको महाराज बाबा रबेको बताइएको छ। उनको हरियाणास्थित रोतक जिल्लाको साँपलामा मुख्य आश्रम छन् भने भारतभरि उनको ३०० वटा आश्रमहरू रहेका छन्। उनलाई आज खरसाङको श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम मन्दिर परिसरमा आयोजक समितिको पक्षबाट भव्य स्वागत जनाइएको छ। उनकै प्रमुख उपस्थितिमा पूजा अर्चनासहित नौ दिवसीय पूजाको शुभराम्भ गरिएको छ। उनीसितै पहिलो दिनको पूजामा जीटीए प्रमुख अनित थापाको पनि विशेष उपस्थिति रहेको थियो। पहिलो दिनको पूजामा श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबाबाट पूजा अर्चनासहित प्रवचन साथै अभिषेक गरिने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। त्यसरी नै आयोजक समितिको पक्षबाट उनलाई विशेष सम्मान पनि गरिने जानकारी प्राप्त भएको छ। उक्त नौ दिवसीय पूजा आगामी २३ मईसम्म हुने भएको छ।

यस नौ दिवसीय पूजा आयोजना विषयमा पहिलो दिन श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम मन्दिर निर्माण समितिको महासचिव हेमन्त दर्नालले पत्रकारहरूसित कुराकानी यसपाली खरसाङको वार्ड नम्बर १९ मा रहेको श्री श्री सातकन्या देवी एवं माँ कत्यायनी धाम मन्दिरमा ३८औं वार्षिक पूजा आजदेखि शुरु भएको र पहिलो दिनको पूजामा जीटीए प्रमुख अनित थापा र श्री श्री एक हजार आठ कृष्णानन् कालिदास परमहंस महाराज बाबाको विशेष उपस्थिति रहेको र उनकै बाहुलीबाट पूजाको उदघाटन गरिएको जानकारी गराएका छन् उनले यो नौ दिवसीय पूजा आगामी २३ मईसम्म चल्ने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement