कोचबिहारमा १७ मई दिनको व्यापारीहरूको हडताललाई अनन्त रायकाे समर्थन

IMG-20240515-WA0172.jpg

कोचबिहार: सीपीआईएमको कोचबिहार जिल्ला सचिव अनन्त रोयले पत्रकार सम्मेलन गरी कोचबिहार जिल्ला व्यापार समितिले आह्वान गरेको ‘व्यापार बन्द’ लाई समर्थन गरे।आज पत्रकार सम्मेलनमा उनले कोचबिहार नगरपालिका क्षेत्रका सबै बजारमा नगरपालिकाले अमानवीय रूपमा कर बढाएको बताए। यस सम्बन्धमा व्यवसायीले नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। तर, नगरपालिकाले कुनै समाधान निकाल्न सकेको छैन। त्यसैले कोचबिहार जिल्ला व्यापार समितिले मे १७ मा बन्दको आह्वान गरेको छ। उनले यो बन्दलाई उनकाे समर्थन रहेकाे र यसको सफलताको कामना गरेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement