दुई मोटरसाइकल ठोक्किँदा दुईजना घाइते

IMG-20240515-WA0190.jpg

जलपाईगुडी: दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन्। घटना बुधबार दिउँसो करिब ३ बजे जलपाईगुडी सदर ब्लकको पहारपुर ग्राम पञ्चायत अन्तर्गत डेंगुझार बजारसँग जोडिएको क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार गौशाला मोड–रङधमाली सिलगढी राज्य राजमार्गको डेंगुझार बजार नजिकैको इलाकामा दुवैतर्फबाट आएका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। दुई मोटरसाइकलमा सवार दुई युवक गम्भीर घाइते भएका छन्। स्थानीयले दुईजनालाई उद्धार गरी जलपाईगुडी मेडिकल कलेज र अस्पतालमा भर्ना गरेका थिए। यता, घटनाको जानकारी पाएलगत्तै पुलिस घटनास्थल पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement