मालदा: मालदा जिल्ला पुलिसलाई ठूलो सफलता हात लागेको छ। गुलाबगञ्ज फाडी पुलिसले भारी मात्रामा ब्राउन शुगर र भारतीय नोट बरामद गरेको छ। घटनामा समीर शेख नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ।

अबेर राति, गोप्य श्रोतबाट सूचना पाएपछि गोलापगञ्ज फाडी पुलिसले बामन्तोला क्षेत्रमा छापा मारेर समीर सेखलाई ७ किलो १०० ग्राम ब्राउन सुगर, काउन्टिंग मेसिन र ३२ लाख दरका भारतीय नोट सहित पक्राउ गरे। उनको घर सोही क्षेत्रमा रहेको थाहा भएकाे छ।