सिलगढी: सिलगढीको प्रधाननगर थानाको पुलिसले चार जनालाई पक्राउ गरेको थियो। पुलिसका अनुसार राति अबेर राती आठ जनाको समुह शहरको एउटा खाली मैदानमा जम्मा भएर अभद्र कार्य गरेको थियो। मंगलबार राति गस्तीका क्रममा पुलसिले लुटेरालाई देखेपछि उनीहरुलाई पछ्याएका थिए। आठ जनामध्ये चार जना भाग्न सफल भए पनि बाँकी चार जनालाई प्रधाननगर पुलिस थानाले पक्राउ गरेको हो।
पुलिसका अनुसार दगापुर मैदानमा हतियार लिएर सबैजना समाज विरोधी कार्यका लागि भेला भएका थिए। उनीहरु कुन उद्देश्यले भेला भएका हुन् भन्नेबारे पुलिसले खोजी गरिरहेको छ। पक्राउ परेका उमेश खरसाङ र अरविन्द प्रधान घूमका बासिन्दा हुन्। सचिन थापा र विक्रम शैव देविडंगा र शिशुबारीका बासिन्दा हुन्। पक्राउ परेकाहरुको साथबाट धेरै धारिलो हतियार बरामद भएको छ। बुधबार पक्राउ परेकाहरूलाई सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो।