पेस्तोलको साथमा दुईजना पक्राउ

e0a4aee0a587e0a4b0e0a4bee0a4aae0a4bee0a4a8e0a580-e0a4aee0a587e0a482-e0a4aae0a4bfe0a4b8e0a58de0a4a4e0a58ce0a4b2-e0a495e0a587-e0a4b8.jpg

जाेरहाट: असमको जोरहाटमा पुलिसले मेरापानीमा पेस्तोलको साथमा दुई व्यक्तिलाई पक्राउ गरेको छ। जोरहाट पुलिसको एउटा ठूलो टीमले मेरापानी पुलिससॅंग संयुक्त अभियानमा दुई युवक, बालिन गोगोई र गोपाल कछारीलाई समात्न सफल बनेको छ। पुलिसले पक्रा पर्ने युवकहरूबाट .२२ पेस्तोल र तीनवटा जिउॅंदो कारतूस बरामद गरेको छ। पुलिस सूत्रहरूले बुधवार बताए अनुसार, दुई युवक लामो समयदेखि बाइक चोरीको घटनामा सामेल थिए। मंगलवार राति जोरहाटको डीएसपी कौशिक कलिताको नेतृत्वमा एक टीमले छापा मारेर असम नागाल्याण्ड सीमामा कोलाजानबाट दुई जनालाई पक्राउ गरेको छ।

About Author

Advertisement