व्यापार मेलामा साढे सात करोडको कारोबार

IMG-20240515-WA0133.jpg

झापा: नेपालको घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा राजधानी काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको १७ औँ औद्योगिक व्यापार मेलामा सात करोड ६५ लाख रुपियाँको कारोबार भएको हो। पाँच दिनसम्म चलेको औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न भएको छ।सम्पन्न भएको मेलालाई दुई लाख ५३ हजारले अवलोकन गरेका थिए। महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मेला सोचेभन्दा सफल भएको जानकारी दिए। मेलामा प्रत्यक्ष/अप्रत्यक्ष, अडर, बुकिङसमेत गरी समग्रमा सात करोड ६५ रुपियाँ बराबरको कारोबार भएको उनले जानकारी दिए। आर्थिक सङ्कट भई उपभोक्ताको क्रयशक्ति न्यून हुँदा पनि उपभोक्ताको स्वदेशी उत्पादनप्रति आकर्षण धेरै देखिएको उहाँको भनाइ छ। प्रदर्शनीका सहभागीको चापबाट स्वदेशी वस्तु प्रयोग गर्नु पर्छ भन्ने चेतना बढ्दो क्रममा रहेको देखिएको उनले बताए। भूकम्प, कोरोना र आर्थिक मन्दीबाट अहिले लघु, घरेलु तथा साना उद्यमीहरू सताइएको भन्दै उहाँले साना उद्योगको अर्थतन्त्रमा योगदान बढाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताएका छन्।समापन समारोहमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको उत्पादन ‘ब्रान्डिङ’ गरेर विश्व बजारमा पु¥याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताएका छन्। नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेले प्रदर्शनीकै क्रममा स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह विक्रेता र उपभोक्ताबिचको सम्बन्ध प्रगाढ बनाउन गरिएको मह मेला प्रभावकारी भएको बताए। देशभरका झन्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने रहेको थियो।यसै गरी नेपाल मौरीपालक महासङ्घ र नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिएको थियो।नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्क देश तथा टर्कीको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement