दार्जीलिङ शहर समिति नारी मोर्चा कमिटी गठन

IMG-20220808-WA0220.jpg

दार्जीलिङ: आज गोर्खा जनमुक्ति नारी मोर्चा दार्जीलिङ शहर समितिको एउटा सभा बसेर नयाँ समिति गठन गरिएको छ। पार्टी अध्यक्ष बिमल गुरुङ अनि महासचिव रोशन गिरीको उपस्थितिमा सम्पन्न भएको सभामा धेरै विचार विमर्श गरेपछि दार्जीलिङ शहर वरिपरिका जाति र माटोको निम्ति मरी मेट्ने नारीहरुलाई एकजुट बनाउनु पर्ने आवश्यक रहेकोले उनीहरूलाई एकजुट बनाउन नारी मोर्चाको कमिटी गठन गरिनु पर्ने निष्कर्षमा पुगेपछि नारी मोर्चा शहर समिति गठन गरिएको बताइएको छ। आगामी दिनमा जाति र माटोको निम्ति धेरै कामहरु गरेर लानु पर्ने भएकोले अहिलेसम्म पनि कुनै प्रकारको प्रलोभनहरुमा नलागेर कतै जाति उत्थानको निम्ति गोर्खाल्याण्ड गठन हुनैपर्छ भन्ने धारणा लिएर बसेका सबै नारीहरुलाई एकजुट बनाउन नारी मोर्चा लागी पर्ने उपस्थित नारी सदस्यहरुले जनाए। लामो विचार विमर्शपछि नारी मोर्चा दार्जीलिङ शहर समिति गठन गरिएको छ। उक्त कमिटीमा सभापति पूजा राई, उप-सभापति गिता गुरुङ र प्रमिला तामाङ सचिव रजिमा प्रधान, सह-सचिव अनु लामा, बिनुका दर्नाल अनि सबिता बीके, कोषाध्यक्षा संगीता रोका अनि रजनी प्रधान, प्रवक्ता अनु लामा अनि बिनिता लामा, सल्लाहकार बिजेता राई अनि सुनिता लामा लगायत १९ जना कार्यकारीणी सदस्याहरू चयन गरिएको छ। यसै गरी अब केही दिनपछि नै दार्जीलिङ महकुमा नारी मोर्चाको पनि कमिटि गठन गरिने अध्यक्ष बिमल गुरुङले जानकारी गराएका छन्।

सभामा अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, सांगठनिक सचिव दिपेन माले, केन्द्रीय सदस्य काकु सोनाम, दार्जीलिङ शहर समिति कार्यकारी अध्यक्ष श्याम घिसिङ अनि दार्जीलिङ शहर समिति युमो अध्यक्ष सोभित राई उपस्थित रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *