झापा: झापाको धार्मिक स्थल बिर्तामोड़ स्थित बिराटपाेखरमा सम्पन्न भएकाे प्रदेश अधिवेशनबाट आनन्द संन्तोषी राई अध्यक्षमा चयन भएका हुन्। अधिवेशनले १७ सदस्यीय कोशी प्रदेश कार्यसमिति चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा माधवप्रसाद भट्टराई (इलाम), महिला उपाध्यक्ष रिता खनाल (ताप्लेजुङ), सचिव राजकुमार खड्का(पाँचथर), सह-सचिव भक्तिप्रसाद तिवारी ‘बिदुर’ (झापा) र यशकुमार चापागाई (धनकुटा), कोषाध्यक्ष इन्द्रनारायण प्रसाई (झापा), सह-कोषाध्यक्ष तुलसा पौडेल (झापा) तथा सदस्यहरुमा खड्गबहादुर घिमिरे, राधा खड्का र राजकुमार घिमिरे (संखुवासभा), मदन अधिकारी , गोमा सिटौला, सरिता ओली, सन्तोष ओली(झापा), झिवा तिमाले तामाङ(पाँचथर), बिष्णुप्रसाद चालिसे(मोरङ) सर्वसम्मत चयन भएको अधिवेशन निर्वाचन समितिका सदस्य कुमार प्रसाद ओझाले जानकारी दिए।
सो अधिवेशनबाट चार सदस्यीय कोशी प्रदेश सल्लाहकार समितिकाे समेत चयन भएको छ। जसमा आचार्य छन्दुराम भण्डारी, आचार्य दामोदर न्यौपाने, पं. नरेन्द्र भट्टराई र १०८ स्वामी कृष्णा नन्द रहेका छन्।
समिति चयन गर्नका लागि विश्व हिन्दु महासंघ केन्द्रीय महासचिव रामचन्द्र तिवारीको संयोजकत्वमा केन्द्रीय सदस्य तथा अधिवक्ता रामप्रसाद घिमिरे र केन्द्रीय सदस्य कुमारप्रसाद ओझा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। संयोजक तिवारीले आगामी तीन बर्षे कार्यकाल रहनेगरी निर्वाचित समितिलाई सपथ ग्रहण गराएका छन्।
यसअघि विश्व हिन्दु महासंघ झापा अध्यक्ष मोहन उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी, बिभिन्न स्थानमा गुरुकुल स्थापनाकर्ता धर्मानुरागी किशोर गौतम, मुन्धुम बिद् डा. चन्द्रकुमार शेर्मा, बरिस्ठ उपाध्यक्ष प्रविण घिमिरे, उपाध्यक्ष एवं कर्णाली प्रदेश संयाेजक ऋषिकेशजंग शाह, कन्काई कोटीहोमका अध्यक्ष शेरबहादुर थापा, राष्ट्रिय हिन्दु एकता मञ्चका अध्यक्ष इन्द्रप्रसाद ओली, सुनसरी जिल्ला अध्यक्ष आनन्द आचार्य, झापा कोषाध्यक्ष कृष्ण उप्रेती लगायतले शुभकामना मन्तब्य राखेका थिए । विश्व हिन्दु महासंघ झापा शाखाको भवन बिराटपोखरमा केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले उद्घाटन गरेको कार्यक्रमको संचालन झापा सचिव गणेश कार्की र स्वागत मन्तव्य झापा उपाध्यक्ष डिल्लीराम उप्रेतीले गरेका थिए। यसै बिच नव निर्वाचित समितिको बैठकले सुनसरीको धरानमा प्रदेश समितिको कार्यालय समेत स्थापना गरेकाे छ।










