लखनऊलाई पराजित गरेर पनि दिल्लीको निम्ति प्लेअफ्-मा पुग्नु कठिन

IMG-20240515-WA0112.jpg

नयाँ दिल्ली: दिल्ली क्यापिटल्सले नियमित कप्तान रिषभ पन्त मैदानमा फर्किनको साथै आईपीएल २०२४-को लीग चरणमा लखनऊ सुपर जाइण्ट्स विरुद्ध आफ्नो अन्तिम म्याच जित्यो। मंगलवार राति खेलिएको म्याचमा दिल्ली क्यापिटल्सले १९ रनले जीत दर्ता गऱ्यो। प्लेअफ्-को रेसमा सामेल रहन दिल्लीको निम्ति यो म्याच जित्नु जरूरी थियो। अहिले दिल्ली क्यापिटल्ससँग १४ वटा म्याचपछि १४ पोइण्ट्स रहेको छ। टेबलको तेस्रो स्थानमा रहने चेन्नई सुपर किंग्स र चौथो स्थानमा रहने सनराइजर्स हैजराबादसँग पनि अहिले १४-१४ पोइण्ट्स नै रहेको तर यी दुई टीमले दिल्लीभन्दा क्रमशः एक र दुईवटा म्याच कम्ती खेलेको छ। यसरी लखनऊसँग पनि एउटा म्याच बाँचेको छ, जो अहिले १२ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। यस्तो स्थितिमा चेन्नई र लखनऊले आफ्नो म्याच हारे दिल्लीको निम्ति सम्भावना बढ़्न सक्छ। यसरी सनराइजर्सले पनि आफ्नो दुवै म्याच हारे दिल्लीको निम्ति अघि बढ़्ने बाटो खुल्न सक्छ। यसरी चेन्नई र रोयल च्यालेञ्जर्स बेंगलुरुबीच खेलिने म्याचमा पनि नजर रहनेछ, जसले दिल्लीको समीकरण बिगार्न सक्छ। यसरी दिल्ली क्यापिटल्सको भाग्य अहिले अन्य टोलीहरूका प्रदर्शनमाथि निर्भर रहेको छ।
मंगलवार राति आफ्नो होम ग्राउण्डमा म्याच जितेपछि दिल्ली क्यापिटल्सका कप्तान रिषभ पन्तले भने, निश्चित रूपले (निकोलस) पूरनले हामीलाई कठिन समय दिइरहेका थिए। हाम्रो केही योजना थियो। आज सबै मिलाएर हाम्रो प्रदर्शन असल रह्यो। हामीले असल बलिंग गऱ्यौं। सीजनको शुरुवातमा हामीबाट असल प्रदर्शनको आशा गरिएको थियो। त्यसपछि केही प्रमुख खेलाड़ीहरूलाई चोट लाग्यो तर आज अन्तिम म्याचपछि पनि हामी प्रतिस्पर्धामा कायम छौं। गत म्याचमा मैले खेल्न पाएको भए हामीसँग असल मौका हुने थियो। व्यक्तिगत रूपले मेरो निम्ति खेलमा फर्किनु असाधारण रह्यो। पूरा भारतको समर्थन देखेर खुशी लाग्यो। डेढ़ सालको लामो प्रतीक्षापछि मैदानमा फर्किएर खुशी लाग्यो। म हरेक समय मैदानमा रहन चाहन्छु। म्याचको कुरा गर्दा अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सले २० ओभरमा ४ विकेट गुमाएर २०८ रन बनायो। ओपनर अभिषेक पोरेलले ५८ र ट्रिस्टन स्टब्सले अविजित ५७ रनको योगदान दिए। यसबाहेक साई होपले ३८ र कप्तान पन्तले ३३ रन बनाए। लखनऊका बलरहरूमा नवीन-उल-हकले २ विकेट लिए। त्यसपछि लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो। निकोलस पूरनले ६१ र अरशद खानले अविजित ५८ रन बनाए। दिल्लीका बलरहरूमा ईशान्त शर्माले ३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement