भोक्राहा नरसिहका पाँचसय किसानलाई सिचाई सामाग्री

IMG-20240515-WA0099.jpg

झापा: सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाले पाँच सय किसानलाई सिचाई सामाग्री वितरण गरेको छ।

गाउँपालिकाले सबै वडाको प्रतिनिधित्व हुनेगरी पहिलो चरणमा पाँच सय किसानलाई उक्त सामाग्री बाँडेको हो।

गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रमकाबिच पालिका अध्यक्ष अजमल अख्तर मियाँ र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले किसानहरुलाई सिचाई सामाग्री हस्तान्तरण गरेका हुन।

वडा नम्बर २ बाट थालिएको वितरण कार्यलाई पालैपालो अन्य वडामा विस्तार गरिने प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताए।

घिमिरेका अनुसार पालिकाको स्विकृत कार्यक्रम बमोजिम किसानकालागि सिचाई सामाग्री हस्तान्तरण गरिएको हो।

सामग्री वितरण कार्यक्रममा प्रशासकीय अधिकृत घिमिरेले निःशुल्क पाएको सरसामानको उचित प्रयोग गर्न आग्रह गरे। उनले पालिकाले उपलब्ध गराएको सामग्रीको दुरुपयोग भएको पाएमा सम्वन्धित सामग्री बुझेको परिवारको हकमा गाउँपालिकाले उपलब्ध गराउने सेवा सुविधामा रोक लगाइने बताए।

कम लागतमा मापदण्ड अनुरुपको गुणस्तरीय सामग्री खरिद गरी किसानलाई निःशुल्क उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँले बताए। उनले जलस्रोत तथा सिचाई उपक्षेत्रमा स्यालो ट्यूवेल तथा मोटर जडान कार्यक्रम अन्र्तगत सिचाई सामाग्री बाँडिएको बताए।

क्रमशः थप किसानलाई समेत कार्यक्रममा समेट्दै लैजाने पालिकाको नीति रहेको उनले बताए।
अध्यक्ष अजमल अख्तरले भने, ‘गाउँपालिकामा सबै भन्दा बढी खेती किसानी गर्नेहरु छन। जसलाई पालिकाले प्राथमिकतामा राखेको छ।

मलखादमा सहजता दिलाउँदै आएको पालिकाले किसानकालागि उचित सिचाईको प्रवन्ध दिलाउन आवश्यक सहयोगी सामाग्री वितरण गरेको हो।

विद्युत सहजतासँगै आवश्यक अन्य थप समग्री र सेवालाई क्रमशः गाउँवासीको पहुँचमा पु¥याइने छ।’

सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष मियाँले गाउँपालिका गाउँबासीको हीत र पालिकाको समुन्नत बिकासमा केन्द्रीत रहँदै आएको बताए।

उनले गाउँमै उच्च शिक्षाको व्यवस्था,सामूदायिक विद्यालयमा कमप्यूटर सहितको अंग्रेजी कक्षा,स्वास्थमा सबैको पहुँचकालागि विपन्न वर्गको स्वास्थ्य बिमा र विद्युत सेवा उपभोग वापत छुटको व्यवस्था मिलाइएको बताए।

उनले नयाँ खुलेर संचालनमा आउन लागेको सप्तकोशी न्यूरो अस्पतालमा गाउँबासीको उपचारमा विशेष छुटको प्रबन्ध मिलाइएको समेत जनाए।

अध्यक्ष अजमल अख्तरले बिकास निर्माणमा गाउँवासी सहित सबै राजनैतिक दल र सरोकारवालाको साथ र सहयोगको अपरिहार्य रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement