नयाँ दिल्ली: धेरै वर्तमान खेलाड़ी र प्रशिक्षकहरूले असन्तोष व्यक्त गरे पनि भारतीय क्रिकेट टीमका पूर्व प्रशिक्षक रवि शास्त्रीले आईपीएल-मा इम्प्याक्ट प्लेयर नियमको समर्थन गरेका छन्। इम्प्याक्ट प्लेयर नियम आईपीएल २०२४-मा शुरुदेखि नै बहसको विषय बनेको छ तर शास्त्रीले बताएअनुसार, यस नियमले गर्दा आईपीएलको जारी सीजनमा धेरैवटा सम्मोहक समापनहरूमा योगदान दिएको छ। शास्त्रीले भने, इम्प्याक्ट प्लेयर (नियम) राम्रो र आकर्षक छ। हामी समयको साथ विकसित हुनु पर्छ। यो अन्य खेलहरूमा पनि रहेको छ। गत वर्षको आईपीएलमा पनि हामीले धेरै रोमाञ्चक म्याचहरू हेर्न पाएका थियौं। यसले ठूलो अन्तर सृष्टि गरेको छ। इम्प्याक्ट प्लेयर नियम अनुसार कुनै विशेष टीमलाई १२औं खेलाड़ी सामेल गर्ने अनुमति हुन्छ। यसमा टसको समय पाँचजना खेलाड़ीको नाम दिइएको हुन्छ। एउटा टीमले परिस्थितिको माग अनुसार कुनै पनि एकजना खेलाड़ीलाई हटाएर म्याचको बीचमा इम्प्याक्ट प्लेयरलाई अन्तिम एकादशमा सामेल गर्न सक्छ। शास्त्रीले भने, कुनै पनि नयाँ नियम आउँदा मानिसहरूबीच खुल्दुली शुरु हुन्छ। नियममा के सही छ अनि के सही छैन भन्ने केलाउन थाल्छन्। अहिले तपाईं स्कोर हेर्न सक्नुहुन्छ। प्रत्येक म्याचमा १९०-२००-को स्कोर भइरहेको छ। यस नियमले कुनै खेलाड़ीलाई मौकाको फाइदा उठाउने अवसर प्रदान गर्छ। यो कुरा ब्याटर र बलर दुवैको क्षेत्रमा लागू हुन्छ। यसबीच बीसीसीआई सचिव जय शाहले चाहिँ हालै आईपीएलमा इम्प्याक्ट प्लेयरको नियम जारी राख्ने प्रतिबद्धताबाट अस्वीकार गरेका छन्। उनले कप्तान र प्रशिक्षकहरूका परामर्शपछि यसबारे निर्णय लिइने बताएका छन्। आईपीएलको जारी सीजनमा बनिरहेको ठूल्ठूलो स्कोरपछि इम्प्याक्ट प्लेयर को ठूलो योगदान रहेको छ।