बंग्लादेशद्वारा टी२० वर्ल्ड कपको निम्ति टीमको घोषणा

IMG-20240514-WA0248.jpg

ढाका: बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी) – ले १ जूनदेखि अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनमा हुने आईसीसी टी२० वर्ल्ड कप २०२४-को निम्ति १५ सदस्यीय टीमको घोषणा गऱ्यो। नजमुल हुसैन शान्तो टीमका कप्तान हुनेछन् भने चोटग्रस्त तस्कीन अहमदलाई उपकप्तान बनाइएको छ। साल २००७-को पहिलो संस्करणपछि प्रत्येक टी२० वर्ल्ड कपमा हिस्सा लिने अनुभवी अलराउण्डर शाकिब अल हसनलाई पनि टीममा सामेल गरिएको छ। यस साल खराब फर्ममा रहने लिटन दासलाई पनि टीममा स्थान प्राप्त भएको छ। तस्कीनलाई जिम्बाब्वे विरुद्ध पाँचौं टी२० म्याचको अघि चोट लागेको थियो। उनले जिम्बाब्वे विरुद्ध चारवटा म्याचमा ८ विकेट लिएका थिए। अब टीम म्यानेजमेण्टलाई टी२० वर्ल्ड कप अघि उनी फिट हुने आशा रहेको छ। टी२० वर्ल्ड कपमा बंग्लादेशको पहिलो म्याच ८ जूनमा श्रीलंका विरुद्ध रहेको छ। म्याच डलासमा खेलिनेछ। टी२० वर्ल्ड कपको ग्रुप डी-मा बंग्लादेश र श्रीलंकासँग दक्षिण अफ्रिका, नेपाल र नीदरल्याण्ड रहेको छ।
बंग्लादेशको टीमः
नजमुल हुसैन शान्तो (कप्तान), तस्कीन अहमद (उपकप्तान), लिटन दास, तनवीर इस्लाम, मेहदी हसन, रिशाद हुसैन, मुस्ताफिजुर रहमान, शोरफुल इस्लाम, तञ्जीम हसन सौम्य सरकार, तञ्जीद हसन, शाकिब अल हसन, तौहीद हृदोय, महमुदुल्लाह र जेकर अली

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement