गान्तोक: पाल्जोर स्टेडियममा आजदेखि तेस्रो चरणकाे एसएफए सी-डिवीजन एस-लीग २०२३-२४ शुरू भएको छ। पहिलो खेल छुजाचेन स्पोर्ट्स एकाडेमी र सिक्किम ड्रेगन फुटबल क्लबबिच खेलियो जसमा छुजाचेन स्पोर्ट्स एकाडेमीले प्रतिद्वन्दी दललाई पराजित गऱ्यो।
सिक्किम ड्रेगन एफसीको खेलाडी रोनान राज प्रधानले म्याचको पहिलो गोल गरेर आफ्नो टीमलाई १-० गोलको बढत दिलाएको थियो। तर, छुजाचेनको खेलाडी राजेश राईले केवल १४ मिनटमा चार गोल लगाएर प्रतिद्वन्दी दलको जितको सपना ध्वस्त बनाइदिए। राजेश राईलाई प्लेयर अफ् द गेम घोषित गरियो।
दोस्रो खेलमा हेलस्टोन फुटबल क्लबले माझीटार स्पोर्टिङ क्लबलाई ३-१ गोलले सजिलै पराहित गऱ्यो। विजयी दलको तर्फबाट छिरिङ लेप्चा, डुप छिरिङ लेप्चा र जिग्मी लेप्चाले एक-एक गोल गरे। प्रतिद्वन्दी दलको तर्फबाट एक्लो गोल नितेश छेत्रीले गरे। विजेता दलको खेलाडी समिरण तामाङलाई प्लेयर अफ् द गेम घोषित गरियो।
भोलि पहिलो खेल पेगोङ एफसी बनाम युनाइटेड पाचेखानी एफसी र दोस्रो खेल डेन्जोङ बोइज एफसी बनाम जेभीसी सिङतामबिच खेलिने छ।









