काेचबिहार: माथाभांगा-२ रामथेंगा क्षेत्रमा मंगलवार एउटा बाइसनले ताण्डव मच्चायो। यद्यपि घण्टौंको परिश्रमपश्चात वन विभागले बाइसनलाई ट्र्याकूलाइज गरी नियन्त्रण गरियो। घटनामा कुनै प्रकारको जनहानि भएको समाचार छैन।
भनिन्छ, यस दिन स्थानीय मानिसहरूले बाइसनलाई कृषि भूमिमा घुम्दै गरेको देखियो जसले गर्दा क्षेत्रमा सन्त्राष फैलियो। खबर पाएर माथाभांगा वन विभागका कर्मचारीहरू घटना स्थलमा पुगे अनि बाइसनलाई नियन्त्रण गर्नको लागि प्रयास गरे। अन्ततः घण्टौंसम्म परिश्रम गरेपछि वन विभागले बाइसनलाई ट्र्याक्यूलाइज गरी नियन्त्रण गऱ्यो। वन विभागको सूत्र अनुसार स्वास्थ्य जाँच गरेपछि बाइसनलाई घना जंगलमा छोड़ियो।









