पर्यटन विकास साथै स्वदेश दर्शन अन्तर्गत दुई दिवसीय सचेतना कार्यक्रम शुरू

IMG-20240514-WA0245.jpg

गान्तोक: राज्यको पर्यटन एवम नागरिक उड्यन विभागको पहलमा आज पर्यटन विभागको प्रेक्षागृहमा स्वदेश दर्शन २.० अन्तर्गत गान्तोक गणतव्यको निम्ति पर्यटन सचेतना साथै गान्तोक गणतव्यको निम्ति आजदेखि दुई दिवसीय कार्यशाला शुरू भयो। यस अवसरमा पर्यटन एवम नागरिक उड्डयन विभागका प्रधान सचिव सीएस राव, अतिरिक्त मुख्य सचिव, इन्सटीट्युट अफ् होटल मेनेजमेन्टका निरज प्रधान लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै रावले दक्षिण जिल्लाको नाम्लीमा ४.५ ऐकरको जमीनमा सांस्कृतिक गाउँ निर्माण गरिने र यसमा राज्यमा बसोबासो गर्ने विभिन्न समुदायको सांस्कृतिक घरहरू, जैविक हाट,फ्लोरा फेन्टेसी जोन बगैंचा खोलाको किनारमा वाकवे र नानीहरू खेल्ने ठाउँ पनि निर्माण गरिने अवगत गराए। सोही प्रकारले योक्सममा इको वेलनेसको अनुभव पनि ग्रहण गर्न सकिने बताए।उनले सिक्किमको पर्यटन विकासको लागि ‘स्वर्ण अवसर’ बताउँदै यी परियोजनाहरू दुई वर्षभित्र निर्माम गरिने जानकारी दिए। आगामी दिनमा पर्यटन क्षेत्रको प्रगतिशील बृद्धिका लागि विषयहरुको विश्लेषण गरी प्रभावकारी सुझाउ दिनुपर्ने सहभागीहरूलाई आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विजेता क्षेत्रीले गन्तव्य र पर्यटन केन्द्रित दृष्टिकोण अपनाउदै दिगो र जिम्मेवार पर्यटन गन्तव्यको विकास गर्ने उद्देश्यबारे प्रकाश पारिन्।

यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै डा. प्रेरणा चाम्लिङले विषयवस्तुमा आधारित पर्यटन सर्किटको विकासका लागि योजना कार्यान्वयनको दोस्रो चरण र पूर्वाधारको विकास र एकीकरणमा केन्द्रित रहेको बताइन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement