गान्तोक: आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीलाई लिएर आज गान्तोक जिल्लाका काउन्टिङ सुपर भाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। गान्तोक जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको दोस्रो चरणको प्रशिक्षण कार्यक्रममा मतगणनाको निम्ति खटिएका १०८ जना अधिकारीहरूले सहभागिता जनाएका थिए। यस अवसरमा सह जिल्लापाल अविजित पाटिल, जिल्ला योजनाकार अधिकारी सोनम वाङग्याल लेप्चा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सोनम वाङग्याल लेप्चाले सर्वप्रथम प्रशिक्षण कार्यक्रममा उपस्थित भएका सबैलाई स्वगात जनाए। उनले मतगणना अधिकारीहरूले मतगणनाको दिन पालना गर्नुपर्ने नियमहरू जस्तै मत गन्ती गर्दा ग्याजेट भित्रका केही नियमहरूलाई कढाइको साथमा पालना गर्नुपर्ने आग्रह गरे। उनले मतगणना अधिकारीहरुलाई समय र पदाधिकारीहरुका लागि सवारी साधनको व्यवस्था समेत गरिदिने जानकारी गराए।