मंगन: आगामी २ जूनमा हुने सिक्किम विधानसभाको मतगतणना तयारीलाई लिएर आज मंगन जिल्लाका काउन्टिङ सुपर भाइजर,काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाईलिएर पहिलो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। राज्यका मुख्य चुनाउ अधिकारीको निर्देशमा आयोजित यस प्रशिक्षण कार्यक्रम मंगन जिल्लाको पेन्टोकको कृषि विज्ञान केन्द्रको प्रेक्षागृहमा सम्पन्न भएको थियो। प्रसिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले यस प्रशिक्षण कार्यक्रममा सक्रियरूपमा सहभागिता जनाएकोमा उनले कृतज्ञता प्रकट गर्दै चुनावी प्रक्रियाको निष्पक्षता र प्रभावकारिता सुनिश्चित गर्न प्रतिबद्धता जनाएकोमा उनले खुशी प्रकट गरे।
उनले चुनाउ प्रक्रियामा प्रभावकारिता देखाएकोमा सबैलाई धन्यवाद दिँदै मतदान प्रक्रियालाई चुस्त दुरुस्त बनाउन सहयोग पुऱ्याएकोमा धन्यवाद दिए। उनले मतगणनाको दिन त्रुटि न्यून गराउने उद्देश्य लिएर काम गर्ने सबैलाई आग्रह गरे। यसै क्रममा महकुमा अधिकरी विशु लामाले सबै प्रशिक्षार्थीहरूलाई अवसरको सदुपयोग गर्न प्रोत्साहित गरे। प्रशिक्षण सत्रमा मतगणना नियमहरूबारे आवश्यकरूपमा बुझेर यसलाई पालन गर्नुपर्ने विषयमा जोड दिए।सहभागीहरूलाई तिनीहरूको भूमिका र जिम्मेवारीहरूको पूर्ण बुझाइ सुनिश्चित गर्दै प्रक्रियागत जटिलताहरूको बारेमा जानकारी दिइयो। दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आगामी २१-२२ मईको दिन हुने भएको छ भने अन्तिम चरणको प्रशिक्षण कार्यक्रम आगामी २९ मईको दिन सम्पन्न हुने भएको छ।