नाम्ची: डिस्ट्रिक्ट टास्क फोर्स इम्युनाइजेनस, नेशनल क्वालिटी एसुरेन्स स्ट्यान्डर्ड र प्रि नाटाल डायगोनस्टिक टेक्निकको त्रैमासिक बैठक आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। नाम्ची जिल्लाका जिल्लापाल अन्नपूर्ण आलेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नाम्ची जिल्लाका सीएमओ एसएन अधिकारी,डीआरसीएचओ डा. बीके चौहान लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै डीपीएचएनओ जयन्ती शर्माले नाम्ची जिल्लाको जनसांख्यिकी, जन्मदर र लिङ्ग अनुपातको वर्तमान अवस्थाको बारेमा जानकारी गराइन्। उनले वर्ष २०२३-२४ मा रोग नियन्त्रणका लागि खोप कार्यक्रममा गरिएका लक्ष्यित उपलब्धिहरू अपडेट गरिन्। राष्ट्रिय जुका दिवसको पहिलो चरणमा ९६ प्रतिशत लक्षित बालबालिकालाई सघन पल्स पोलियो खोप कार्यक्रमअन्तर्गत समेटिएको र ९८ प्रतिशत विद्यालयका बालबालिकालाई अल्बेन्डाजोल ट्याब्लेट खुवाइएको उनले जानकारी गराइन्। यसै क्रममा डा.एसएन अधिकारी नाम्ची जिल्लामा पीस- पीएनडीटीको समग्र कार्यको बारेमा जानकारी गराए। उनले जिल्ला अस्पताल नाम्चीमा अल्ट्रा साउन्ड मशिन उपलब्ध गराइएको जानकारी दिँदै बिरामीको निदान र अन्य क्लिनिकल हेरचाहका लागि छिट्टै प्राविधिक कर्मचारी उपलब्ध गराउने आश्वासन दिए।सोही क्रममा क्वालिटी कन्सल्टेन्सी मिकिला लेप्चाले २०२४-२०२५ को लागि सार्वजनिक स्वास्थ्य सुविधाका लागि कार्य योजना र एनक्यूएसको विशिष्ट आवश्यकताहरूबारे अवगत गराइन्। यस वर्ष एनक्यूएसको मूल्याङ्कनका लागि मल्ली र नामथाङका दुईवटा कल्याण तथा स्वास्थ्य केन्द्रहरू छनोट गरिएको र माम्ले, कामराङ, दमथाङ, सालघारी, मणिराम-भञ्ज्याङ, मल्ली डाँडा लगायत आठवटा उपस्वास्थ्य केन्द्रहरू छनोट गरिएको उनले जानकारी गराए। यसै क्रममा जिल्लापाल अन्नपूर्ण आलेले सम्वन्धित अधिकारीहरूलाई स्वास्थ्य सम्वन्धि सबै योजनाहरू सहीरूपमा कार्यान्वयन गर्नुपर्ने निर्देश दिएकी छन्। उनले कार्यालयका माग पूरा गर्न जनशक्तिको प्रभावकारी उपयोग गर्न अधिकारीहरुलाई निर्देशन दिएकी छन्।