दार्जीलिङ घुम्न आएका एक बंगलादेशी पर्यटकको निधन

IMG-20240514-WA0239.jpg

खरसाङ: दार्जीलिङ घुम्न आएका एक बंगलादेशी पर्यटकको निधन भएको छ। प्राप्त जानकारी अनुसार ६५ वर्षीय बंगालदेशी पर्यटकको आज दार्जिलिङ आईरहेको समय खरसाङको रोहिणीमा अचानक निधन भएको बताइएको छ। सिलगढीदेखि लगभग ३८ किलोमीटर माथि रहेको रोहिणी आईपुग्दा अचानक श्वास फेर्न समस्या भएपछि उक्त पर्यटकको निधन भएको जानकारी प्राप्त भएको छ। उक्त 65 वर्षीय बंगलादेशी पर्यटकको नाम एसके अजिजुलको रूपमा चिन्हित गरिएको छ। उनी बंगलादेशको राजधानी ढाका निवासी रहेको बताइएको छ। उक्त विषयमा खरसाङ पुलिसद्वारा उक्त पर्यटकको अप्राकृतिक निधन भएको केस दर्ज गरी छानबीन शुरु गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement