एसएसबीद्वारा स्वास्थ्य जागरूकता एवं निःशुल्क आयुर्वेद शिविरकाे आयोजना

9b5cade3-24b9-410f-bac4-d82c0e258426.jpg

गुवाहाटी: स्वास्थ्य औ जीवन शैलीमाथि सोनापुरस्थित प्रथम वाहिनी सशस्त्र सीमा बल (एसएसबी)- द्वारा गरिएको एक पहलको रूपमा सरकारी आयुर्वेद कलेज जालुकबारी अनि गुवाहाटीका विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ्य जागरूकता एवं निःशुल्क आयुर्वेद शिविर आयोजना गरियो।

एसएसबीको प्रथम वाहिनी, सोनापुरमा स्वास्थ्य जाँच शिविर अनि आयुर्वेद ओपीडी शिविर वाहिनीका कमाण्डेन्ट सुनिल कौशिक अनि कमाण्डेन्ट (मेडिकल) डा. अजित हेमरोमको मार्गदर्शनमा आयोजना गरियो।

शिविरबाट बलका कर्मी, परिवारका सदस्य औ स्थानीय ग्रामीणहरूलाई लाभ भयो। टेक्नीशियन नासिर इकबालद्वारार एडभान्स टेक्निकल मसिनको सहयोगबाट फुल बडी फिजिकल फिटनेस चेकअप गरियो। यो चेकअप प्रदान गरिएको परिणामहरूको आधारमा कुनै व्यक्तिको स्वास्थ्यको बारेमा जागरूकता उत्पन्न गर्दछ र कर्मीहरूलाई कारबाही गर्नको लागि प्रोत्साहित गर्दछ जसले उनीहरूलाई व्यक्तिगत रूपमा तथा कार्यास्थलभित्र लाभान्वित गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement