खरसाङ: मन्टिभियट रोड खरसाङमा अवस्थित टाँसी साम्तेलिङ गुम्बा अनि तामाङ बुध्दिष्ट एसोसिएशनको आयोजनामा भगवान बुद्धको २५६८औं जन्म जयन्ती भव्य रूपमा पालन गरिने भएको छ। यो पूजा समारोह आगामी १७ मई २०२४ देखि २३ मई २०२४ सम्म आयोजना हुने भएको छ। यसपालीको बुद्ध जयन्ती समारोह शताब्दी (सय वर्ष) मा प्रवेश गरेकोले पूजा सँगसँगै रक्तदान शिविर, सेमिनार, सगोष्ठी अनि अन्य कार्यक्रमहरू साथै डालीका धर्मगुरू पेम्बा लामा सेमिनारमा उपस्थित रहने अनि ह्योयसर टुल्कु रिम्पोर्छेको बाहुलीबाट वाङ वितरण गरिने भनी तामाङ बुध्दिष्ट एसोसिएशनका अध्यक्ष युएस तामाङले जानकारी दिएका छन्। यसका साथै पूजामा सहयोग गर्न चाहाने इच्छुक महानुभावले सहयोग गर्न सक्ने पनि तामाङले बताएका छन्।









