गान्तोक: भूतपूर्व सैनिक कल्याण (ईएसडब्ल्यु) विभागका सचिव डा. नितेन चन्द्रले आज नथुला पास भ्रमण गरेका छन्। ईएसडब्ल्यु विभागले सिक्किममा आउटरिच कार्यक्रम समाधान अभियान आयोजना गरिरहेको छ। उक्त कार्यक्रमको आयोजना भूतपूर्व सैनिकहरूका कल्याणको लागि सरकारको प्रतिबद्धता सुदृढ गर्दै उनीहरूका विभिन्न प्रासंगिक मुद्दाहरूमा सहायता प्रदान गर्नु रहेको पीआईबीद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ।









