खरसाङ: खरसाङ महकुमा अन्तर्गत दिलारामस्थित सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा यस वर्ष २०२४ को उच्च माध्यमिक परीक्षामा उच्च अंक ल्याएर उत्तीर्ण हुने प्रथम दर्जाका ८ जना विद्यार्थीहरू लगायत दाेस्राे अनि तेस्राे दर्जामा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान जनाइयाे। यस वर्ष २०२४ मा यस विद्यालयबाट कूल ३२ जना विद्यार्थीहरूले उच्च माध्यमिक परीक्षा दिएका थिए भने ३२ जना नै उत्तीर्ण भएर विद्यालयकाे परीक्षाफल सय प्रतिशत सफल भएकाे जानकारी प्राप्त भएको छ। विद्यालयको उच्च माध्यमिक परीक्षाको परिणाम सय प्रतिशत सफल रहेपछि स्कूलको तर्फबाट विद्यार्थीहरूलाई सम्मान जनाइएको छ। यसपाली स्कूलको परिणाम प्रधान अध्यपक अनिल शर्माले सबै विद्यार्थीहरूलाई सम्मान जनाउणदै उनीहरूकाे उज्जवल भविष्यकाे निम्ति आशीर्वाद प्रदान दिएका छन्। यस अवसरमा विद्यालयका सबै शिक्षक – शिक्षिकागणकाे उपस्थिति रहेकाे थियाे। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय दिलरामको प्रधान अध्यापक अनिल शर्माले यसपाली दिलरामको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयबाट जम्मा ३२ जनाले परीक्षा दिएका थिए जसमा 8 जना प्रथम दर्जामा उत्तीर्ण भएको साथै सबैजना उत्तीर्ण भएर सय प्रतिशत सफल भएको जानकारी गराएका छन्। उनले स्कूलको सबै शिक्षक शिक्षिकाहरूको मेहनतको कारणले विद्यार्थीहरूले राम्रो परिणाम ल्याएको बताउँदै सबै विद्यार्थीहरूलाई आगामी दिनको लागि शुभकामना पनि दिएका छन्। उनले यसपालीको माध्यमिक परीक्षा र उच्च माध्यमिक परीक्षा दुवैमा यस स्कूलका विद्यार्थीहरूले राम्रो अंक ल्याएर परीक्षा उत्तीर्ण गरेको जानकारी गराएका छन्।









