मोरङमा गोली हानेर पुलिस ले लागुऔषध कारोबारीलाई समात्यो

IMG-20240514-WA0220.jpg

झापा: मोरङमा पुलिसले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला पुलिस कार्यालयको संयुक्त कारबाहीका क्रममा पुलिसलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई पक्राउ गरिएको एसएसपी गोविन्द थपलियाले बताए। उनका अनुसार, घटनामा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारीय नागरिक भागिरथ हरिजन घाइते भएका छन्। एक जना सब इन्स्पेक्टर पनि सामान्य घाइते भएको एसएसपी थपलियाले बताए। साथै पुलिले उनको साथबाट १२८ ग्राम खैरो हेरोइन बरामद गरेको छ। हरिजनलाई थप उपचारका लागि आज अस्पताल लगिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement