खरसाङ: प्राध्यापक डा अमीर दर्जीद्वारा लिखित दुईवटा पुस्तकको लोकार्पण कार्यक्रम रद्द गरिएको छ। तीनधारेका सुपुत्र एंव वर्तमान माल बजारस्थित परिमल मित्र स्मृति महाविद्यालयको प्राध्यापक डा. अमीर दर्जीद्वारा लिखित दुईवटा पुस्तकको लोकार्पण आगामी १९ मईको दिन तीनधारेमा हुने भएको थियो। तर पुस्तकमा केही तक्निकी गढबढीको कारणले त्यसलाई संसोधन गर्नु पर्ने भएकोले उक्त दुईवटा पुस्तकको लोकार्पण कार्यक्रम अहिलेलाई रद्द गरिएको जानकारी प्राप्त भएको छ। डा. अमीर दर्जीद्वारा लिखित दुईवटा पुस्तकहरूमा तीनधारेमा नेपाली नाटक अनि अर्को पुस्तक ‘विविध वृत्तहरूमा तीनधारे’ नामक पुस्तक लोकार्पण अब केही समयपछि संसोधन गरेपछि गरिने भएको जानकारी प्राप्त भएको छ। प्राध्यापक डा. अमीर दर्जीद्वारा लिखित पुस्तक ‘तीनधारेमा नेपाली नाटक’ मा तीनधारेमा ६० वर्षको नेपाली नाटकको इतिहास रहेको बताइएको छ। त्यसरी नै अर्को पुस्तक ‘विविध वृत्तहरूमा तीनधारे’ नामक पुस्तकमा तीनधारे र वरिपरिका क्षेत्रहरूका साहित्य, कला, संगीत, खेलकूद, शिक्षा लगायत सामाजिक क्षेत्रमा योगदान दिनेहरू र अन्य विविध विषयहरूमा जानकारी प्राप्त भएको छ। उक्त लोकार्पण कार्यक्रम रद्द गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै साहित्य कला संस्थानको मूल सचिव सन्तोष लामा र लेखक प्राध्यापक डा. अमीर दर्जीले विस्तृत रूपमा जानकारी पुस्तकमा केही तक्निकी गढबढीको कारणले संसोधन गर्नु परेको कारणले आगामी १९ मईको दिन तीनधारेमा हुने भएको पुस्तक लोकार्पणको कार्यक्रम रद्द गरिएको छ। दुवैले बताए अनुसार अब केही समयपछि संसोधन गरेपछि लोकार्पण गरिने भएको जानकारी गराएका छन्।











