भाजपाले २०० सीट पनि पाउँदैन: ममता ब्यनर्जी

mamata-banerjee-1.jpg

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले फेरि एकटपक दाबी गरेकी छन्, भारतीय जनता पार्टी (भाजपा)-ले २०० भन्दा अधिक सीट पाउँदैन। बनगाउँमा आयोजित एक चुनावी जनसभालाई सम्बोधन गर्दै मंगलवार मुख्यमन्त्री ममता ब्यनर्जीले भनिन्, हावा बदलिएको छ।

चौथो चरणको मतदानमा खेल भएको छ। भाजपालाई अधिकभन्दा अधिक १९५ सीट प्राप्त हुनेछ। उनले यो पनि दाबी गरिन्, विपक्षी दलको इण्डी गठबन्धनलाई २९५ देखि ३१५ सीट प्राप्त हुनेछ। उनले नरेन्द्र मोदीको ४०० पारको नाराको खिल्ली पनि उड़ाउँदै भनिन्, बंगालका कोही पनि मानिसहरू चाहँदैनन् कि नरेन्द्र मोदी फेरि सत्तामा आउन्.

ममताले भनिन्, यदि नरेन्द्र मोदी फेरि पनि सत्ता आए भारतलाई सिद्धायानेछन्। उनले भनिन्, वित्तमन्त्री निर्मला सीतारमणका पतिले भनेका छन्, यस देशको कुनै भविष्य छैन। यदि नरेन्द्र मोदी आए देशलाई सिद्धाउनेछन्। भाजपाका मानिसहरूले लक्ष्मी भण्डार योजनालाई बन्द गरिदिने धम्की दिन्छन्। म चुनौती दिन्छु, बन्द गरेर देखाउन्।

ममता ब्यनर्जीले फेरि दाबी गरिन्, ईभीएमसित छेड़छाड़ भइरहेको छ। उनले भनिन्, भाजपालाई आफ्नो हार भइरहेको कुरा थाहा भएर नै ईभीएमसित छेड़छाड़ गरिरहेको छ। उनले स्थानीय सांसद शान्तनु ठाकुरप्रति पनि आक्रमक बन्दै भनिन्, उनलाई पाँच वर्षसम्म देखिनेछैन। थाहा लागे अनुसार कुनै-कुनै ठाउँमा रुपियाँ असुली पनि भइरहेको छ। उनले सीएएको उल्लेख गर्दै भनिन्, तपाईहरूले नागरिकताको लागि आवेदन गर्नुभयो भने विदेशी हुनु हुनेछ। आखिर शान्तनु ठाकुरले नै सबैभन्दा पहिला नागरिकताको लागि किन आवेदन गर्दैनन्?

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement