नयाँ दिल्ली: दुनियाँका टप अरबपतिहरूमा सामेल बिल गेट्सकी पूर्व पत्नी मेलिंडा फ्रेन्च गेट्सले २३ वर्षपछि बिल एण्ड मेलिंडा गेट्स फाउण्डेशनको सहअध्यक्ष पदबाट राजीनामा दिएकी छन्।
गेट्स फाउण्डेशनमा उनको अन्तिम दिन आगामी ७ जूनसम्म हुनेछ। मेलिंडा गेट्सलाई सम्झौता अन्तर्गत १२.५ अरब डलर प्राप्त हुनेछ।
मेलिंडा फ्रेन्च गेट्सले ‘एक्स’ पोस्टमा आफ्नो राजीनामा बारे जानकारी दिँदै लेखेकी छन्, गहन सोच-विचार गरेपछि मैले बिल एण्ड मोलिंडा गेट्स फाउण्डेशनबाट राजीनामा दिने फसेला लिएकी छु। फाउण्डेशनमा मेरो अन्तिम दिन आगामी ७ जून हुनेछ।
बिल एण्ड मेलिंडा गेट्स फाउण्डेशनले दुनियाँभरि नै समाज सेवाको काम गर्दछ जुन आज दुनियाँकै शीर्ष गैर सरकारी संगठन हो। मेलिंडा गेट्सले राजीनामा दिएपछि बिल गेट्सले पनि सोशल मीडियामा पोस्ट साझा गरी मेलिंडा गेट्सलाई उनको योगदानको लागि धन्यवाद दिए।
उल्लेखनीय छ, माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स र मेलिंडा गेट्सले २७ वर्षको वैवाहिक जीवनपछि वर्ष २०२१ मा सम्बन्ध विच्छेद गरेका थिए, तर उनीहरूले फाउण्डेशनमा एकसाथ काम गर्ने कुरा गरेका थिए। उनीहरूले यो पनि भनेका थिए, उनीहरूले वर्ष २०२३ सम्म एक ट्रायल पीरियडमा गेट्स फाउण्डेशनको लागि सँगै काम गरिरहनेछन्, तर सँगै काम गर्न नसक्ने स्थिति भएपछि छुट्टिनेछन्।










