पाकिम: गणना पर्यवेक्षक, गणना सहायक र माइक्रो अब्जर्बरहरूका लागि मतगणना प्रक्रिया सम्बन्धी प्रथम चरणको प्रशिक्षण आज पाकिमको आरडीडी रूअर्वन कम्युनिटी कम्प्लेक्समा सम्पन्न भयो।
प्रशिक्षणको अगुवाई जिल्लापाल एवं डीईओ टाशी छोपेले गरेका थिए। यस अवसरमा एडीसी अनुपा तामलिङ, चुनाउ प्रकोष्ठकी संयुक्त सचिव मेरिना राई, जिल्लास्तरीय मास्टर ट्रेनर तेन्जिङ पेमा र एसडीएम सन्देश सुब्बा पनि उपस्थित थिए।
जिल्लापाल एवं डीईटो छोपेलले मतगणना प्रक्रियाको महत्वमाथि प्रकाश पार्दै प्रशिक्षण अवधि मतगणना प्रक्रियाबारे राम्ररी जानकारी लिन र कुनै प्रकारको शंका छ भने स्पष्ट गर्न प्रोत्साहित गरे। उनले विधानसभा चुनाउको निम्ति २ जून, २०२४ बिहान ६ बजीदेखि मतगणना शुरू हुन्छ भने लोकसभा चुनाउको निम्ति ४ जूनका दिन बिहान ८ बजीदेखि मतगणना शुरू हुने जानकारी गराए। जिल्लापालले प्रत्येक ब्याचको निम्ति तीन चरणमा प्रशिक्षण आयोजना गरिने छ भने।
यसैगरी, मेरिना राईले पावरपोइन्ट प्रस्तुतिको माध्यमद्वारा मतगणना अधिकारीहरूलाई मतगणना सम्बन्धित सम्पूर्ण प्रक्रियाबारे जानकारी गराइन्। उनले वीवीपीएटी स्लिप र पोस्टल ब्यालेटको गन्ती, फारम १३ए, १३बी र १३सीको प्रयोगबारे पनि जानकारी गराइन्। प्रथम दिनको प्रशिक्षण बिहान र दिउॅंसो दुई ब्याचमा सम्पन्न गरिएको थियो।










