जोर्डन लेप्चालाई क्यापले दिए बधाई

n6086046521715692751780450cdb4174bdb5c1f968c89c4b31e55f3b83212e39be19ffb0819355c8f97e01.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी(क्याप) सिक्किमको मंगन जिल्लाका नेतृत्वहरूले आज पद्म श्री पुरस्कारले सम्मानित जोर्डन लेप्चालाई जङ्गुको लिङदोङस्थित आवासमा भेट गरे। पार्टी नेतृत्वहरूले लेप्चालाई यस उपलब्धीका लागि पार्टीको पक्षमा बधाई दिए।

टोलीको अगुवाई मंगन जिल्लाका कार्यकारी अध्यक्ष (प्रभारी) जोर्बु छिरिङ लेप्चा र महिला परिषद मंगन डीईसीकी अध्यक्ष सोङ्गमित लेप्चाले गरेकी थिइन्।

प्रेस विज्ञप्ति अनुसार, सिटिजन एक्सन पार्टी सिक्किमले जोर्डन लेप्चा प्रतिष्ठित पद्म श्री पुरस्कारले सम्मानित बनेकोमा बधाई दियो। जोर्डन लेप्चाको मान्यता उनको असाधारण शिल्प कौशलको प्रमाण हो। हामी उहाँका उपलब्धिहरूमा धेरै गर्व गर्छौं र यस उल्लेखनीय दिनमा हाम्रो आनन्दको कुनै सीमा छैन।

प्रतिनिधि टोलीले विशेष गरी सिक्किमको संस्कृति र पहिचानको संरक्षणको क्षेत्रमा उनको निरन्तर प्रयास र पहलहरूको लागि प्रार्थना गर्दै उनको भविष्यका प्रयासहरूमा सफलताको कामना गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement