झापा: अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ। मई १४(मंगलवार) काठमाडौँ महानगरपालिका वार्ड नं. १० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका छन। उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरु बिगार्न नहुने बताए। उनले सार्वजनिक सम्पतीको रक्षा गर्ने दायित्व सबैको भएको बताए। उनले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएको उल्लेख गर्दै यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा पर्नु नहुने बताए। बिसौनीको संरक्षणका लागि स्थानीयदेखि सबैले चनाखो हुन जरुरी रहेको बताएउले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो। जस्तोसुकै आन्दोलन भएपनि यस्ता संरचना विगार्नु हुँदैन। हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएका छौँ। राजनीतिक दलहरुसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा नपरुन्।’सो क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन्। बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने बताइएको छ। यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ रहेको बताइएको छ। यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। यस्तै बस्नका लागि काठकै मेच राखिएका छन्। बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन्।










