मोरङ रतुवामाइमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार

IMG-20240514-WA0196.jpg

झापा: पुलिसले लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गोली चलाएको छ। मोरङ रतुवामाइ नगरपालिका-६ मा पुलिस ले गोली चलाएर लागुऔषध कारोबारी भारतीय नागरिक भागिरथ हरिजनलाई नियन्त्रणमा लिएको हो। लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी सब इन्स्पेक्टर बालकृष्ण सञ्‍जेल नेतृत्वको टोलीले भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। हरिजनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टामा चोट लागेको छ।लागुऔषध कारोबारमा संलग्न भएको सूचना पाएपछि पुलिसले उनलाई पक्राउ गर्न खोजेको थियो। पक्राउ गर्न खोज्दा पुलिसमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाएर उनलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement