झापा: मोरङमा बैशाख महिनामा मात्रै हराएका २१ मोवाइल पुलिसले बरामद गरेर सम्बन्धित धनीको हात लगाई दिएको छ। विभिन्न समयमा हराएका मोवाइल खोज तलास गर्ने क्रममा फेला पारेपछि धनीलाई फिर्ता गराइएको हो। जिल्ला पुलिस कार्यालयका पुलिस डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा मात्रै हराएकामध्ये १२१ मोवाइल सम्बन्धित धनीको हातमा फर्काउन पुलिस सफल भएको छ।









