महिला टी२० वर्ल्ड कपमा असल प्रदर्शन गर्ने विषयमा आशावादी कप्तान हरमनप्रीत

IMG-20240514-WA0174.jpg

ढाका: कप्तान हरमनप्रीत कौरले भारतीय महिला क्रिकेट टीम यस साल टी२० वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाउने सम्भावित टीमहरूमा एक हुने भरोसा व्यक्त गरिन्। महिला टी२० वर्ल्ड कप ३-देखि २० अक्टोबरसम्म बंग्लादेशमा हुनेछ अनि परिस्थितिहरूसँग परिचित भएको हुनाले भारतलाई टुर्नामेण्ट जित्नमा सहायता पुग्ने हरमनप्रीतले बताइन्। टुर्नामेण्टको नवौं सीजनको निम्ति भारत ६ पल्टको च्याम्पियन अष्ट्रेलिया, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंकासँग ग्रुप ए-मा रहेको छ। यसरी ग्रुप बी-मा दक्षिण अफ्रिका, ईंग्ल्याण्ड, २०१६-को च्याम्पियन वेष्ट इण्डिज, आयोजक बंग्लादेश र स्कटल्याण्ड सामेल छ। सेमिफाइनलमा स्थान बनाउने चारवटा टीमबारे भविष्यवाणी गर्न भनिँदा हरमनप्रीतले भनिन्, भारत, अष्ट्रेलिया, ईंग्ल्याण्ड र दक्षिण अफ्रिका। यी टीमहरूले धेरै राम्रो प्रदर्शन गरिरहेको छ। यसैकारण यी चारवटा टीमले सेमिफाइनलमा क्वालीफाई गर्ने आशा छ। भारतले हालै सिलहटमा खेलिएको टी२० इण्टरनेशनल सीरीजमा बंग्लादेशलाई ५-०-ले पिटेको थियो। हरमनप्रीतले यहाँ कार्यक्रम घोषणाको निम्ति आयोजित समारोहको अवधि भनिन्, मेरो विचारमा अष्ट्रेलिया शक्तिशाली टीम साबित हुनेछ कारण उनीहरू धेरै प्रतिस्पर्धी छन्।
भारतले गत केही सालदेखि अष्ट्रेलियालाई चुनौती दिँदै आएको छ तर वैश्विक प्रतियोगिताहरूमा चाहिँ यस टीमले हरमनप्रीतकी टीमलाई लगातार पराजित गर्दै आएको छ। अष्ट्रेलियाले २०२०-मा महिला टी२० वर्ल्ड कपको फाइनलको साथमा २०२२ कमनवेल्थ गेम्सको फाइनलमा पनि भारतलाई पराजित गरेको थियो। अष्ट्रेलियाले २०२३ टी२० वर्ल्ड कपको सेमिफाइनलमा पनि भारतलाई पराजित गरेको थियो। हरमनप्रीतले भनिन्, उनीहरू विरुद्ध असल प्रदर्शन गर्न सके हामीलाई धेरै आत्मविश्वास प्राप्त हुनेछ अनि म वास्तवमा उनीहरू विरुद्ध खेल्न उत्सुक छु।
हरमनप्रीतले बताएअनुसार, आयोजक टीम विरुद्ध हालै खेलिएको पाँचवटा म्याचको सीरीजमा सफलताले भारतलाई परिस्थितिहरूसँग अधिक परिचित हुने मौका प्राप्त भयो। उनले भनिन्, यहाँ परिस्थिति धेरै हदसम्म भारत जस्तै रहेको छ। यस परिस्थितिमा टीमले असल प्रदर्शन गर्ने आशा रहेको छ। उल्लेखनीय छ, भारत र बंग्लादेशबीच गत केही समयदेखि कड़ा प्रतिस्पर्धा देख्न पाइएको छ। हालै समाप्त भएको सीरीजमा पनि त्यसको एक झलक देख्न पाइएको थियो। भारतले २०२३ टी२० वर्ल्ड कपपछि दुईपल्ट बंग्लादेश यात्रा गरेको छ। गत वर्ष जुलाईमा भारतले तीनवटा म्याचको टी२० सीरीजको साथमा वनडे सीरीज पनि खेलेको थियो। वर्ल्ड कपमा भारतको अहिलेसम्मको अनुभवबारे हरमनप्रीतले भनिन्, मेरो विचारमा हामीले सबै आईसीसी प्रतियोगिताहरूमा असल प्रदर्शन गरेकी छौं। त्यसमा हामीले केही नजिकको म्याच गुमायौ। यसपाली चाहिँ नजिकको म्याचहरू जित्ने आशा छ। हामी एउटा टीमको रूपमा असल प्रदर्शन गर्न सक्षम छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement