दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १०५औं संस्करणमा सोमवार एकतरर्फी जीतको साथ युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) सेमिफाइनलमा पुग्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको क्वार्टर फाइनल म्याचमा यूकेएफसी-ले गान्तोकको डोंग्री फूटबल एकाडमीलाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राज राउतले २ गोल गरे। यसबाहेक वांगछेन तामाङ, कुमार मंग्राती, सादिस राई र आकाश प्रधानले १-१ गोल गरे। यसरी नै गान्तोकको टीमबाट उज्ज्वल राईले १ गोल गरे। अब मंगलवार खेलिने क्वार्टर फाइनलमा सिलगढ़ीको रोयल फूटबल क्लब र दार्जीलिङ डायनामोबीच भिड़न्त हुनेछ।