ब्राउन सुगर र प्रतिबन्धित कफ सिरप सहित दुई जना पक्राउ

IMG-20240514-WA0147.jpg

खोरीबारी: सिलगढी विभागमा लागुऔषध तस्करी निकै बढेको छ र यही कारण तस्करहरू लागुऔषधसहित पक्राउ परेका छन्।

फेरी ठूलो परिमाणमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुको नाम सिक्किम निवासी ३३ वर्षीय ललिता बर्मन र गौरसिंह जोत निवासी ३८ वर्षीय बलबहादुर तामाङ रहेका छन्। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा खरिबारीको पानीट्यांकी थानाका पुलिस टोलीले सोमबार राति पानीट्यांकीको ओभर ब्रिज नजिकैको क्षेत्रमा छापा मारेर दुवै आरोपितलाई पक्राउ गरेको हो। अभियुक्तलाई पक्राउ गरी खोजी गर्दा उनीहरुको साथबाट करिब लाखौं रुपियाँ बराबरको ब्राउन सुगर र १९ बोतल प्रतिबन्धित कप सिरप बरामद भएको थियो। पक्राउ परेकाहरुलाई खोरीबारी पुलिस थानामा राखिएको छ।

स्रोतका अनुसार पक्राउ परेका व्यक्ति सिक्किमबाट पानीट्याङ्की लागूऔषध किन्न आएका थिए। पक्राउ परेका अभियुक्तलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement