आईपीएल छोड़ेर स्वदेश फर्किए ईंग्ल्याण्डका क्रिकेटरहरू

IMG-20240514-WA0118.jpg

नयाँ दिल्ली: आउँदो टी२० वर्ल्ड कपको निम्ति ईंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी)-ले तयारीहरूलाई अन्तिम रूप दिने फसेला गरेको छ। बोर्डले आईपीएल २०२४-मा खेलिरहेको आफ्ना सबै खेलाड़ीहरूलाई स्वदेश बोलाएको छ। यस क्रममा राजस्थान रोयल्सका स्टार खेलाड़ी जोस बटलरले क्याम्प छोड़ेका छन्। यसरी रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले पनि विल ज्याक्सको साथमा रीस टपलेलाई बिदाई दिएको छ। कलकत्ता नाइट राइडर्सका आक्रामक ओपनर फिल सल्टले पनि टीम छोड़िसकेका छन्। आईपीएलको विभिन्न फ्रेञ्चाइजीहरूले आफ्ना स्टार खेलाड़ीहरूका बिदाईमा सोशल मीडियामा भीडियो शेयर गरेको छ। आईपीएल २०२४-मा बटलरले ११ वटा म्याचमा ३५९ रन बनाएका छन्। सीजनको शुरुवातमा असल प्रदर्शन गर्न नसके पनि उनले पछिबाट २ वटा शतक (अविजित १०० र अविजित १०७) बनाए। उनको उपस्थितिले राजस्थान रोयल्सलाई सदा मनोवैज्ञानिक लाभ प्राप्त हुन्थ्यो। यसपाली रोयल्सले बटलरको बिदाईको भीडियो पोस्ट गरेको छ।
रोयल च्यालेञ्जर्स बेंगलुरुले पनि सोशल मीडियामा एउटा भीडियो शेयर गरेको छ, जसमा आरसीबी-का डायरेक्टर अव् क्रिकेट मो बोबटलाई विल ज्याक्स र रीस टपलेको निम्ति बिदाई भाषण दिइरहेको देखिएको छ। आरसीबी-को एक्स एकाउण्टमा जारी भीडियोको क्याप्शनमा लेखिएको छ, ज्याकी र टपर्स अन्तर्राष्ट्रिय कर्तव्यहरूले गर्दा घर फर्किरहेका छन् अनि हामी उनीहरूलाई शुभकामना दिन्छौं। तपाईंहरू यस आईपीएलमा क्याम्प र मैदानमा अविश्वसनीय हुनु हुन्थ्यो। चाँड़ै भेट हुनेछ। कलकत्ता नाइट राइडर्सको निम्ति यस सीजनमा ओपनिंग जोड़ीले चमत्कारी प्रदर्शन गरेको छ। फिल सल्टसँग मिलेर सुनिल नारेनले टीमलाई विध्वंशी शुरुवात दिलाएका छन्। केकेआर-को तर्फबाट सल्टको पहिलो सीजन कुनै सुःखद सपनाभन्दा कम्ती रहेन। दाहिने हातका यस ब्याटरले १२ वटा ईनिंग्समा १८२.०४-को स्ट्राईक रेटले ४३५ रन बनाए, जसमा ४ वटा अर्द्धशतक सामेल छ। यसको साथमा पञ्जाब किंग्सका अलराउण्डर लियम लिविंगस्टोन पनि स्वदेश फर्किएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement